छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण रोक्न लकडाउन लागू भएको करिब ८ साता बित्दा पनि भारतमा संक्रमण बढेको बढ्यै छ।
त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा नै त्यहाँ ४ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने १३१ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १५६ पुगेको छ।
संक्रमितमध्ये ३९ हजार २३३ जना भने निको भएका छन्। ५७ हजार ९३९ ‘एक्टिभ केस’ छन्। भारतका महाराष्ट्र, गुजरात, तमिलनाडु, दिल्ली, राजस्थान राज्य बढी प्रभावित छन्।