बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा पनि भित्रियो कोरोना, भारतबाट फर्किएका दैलेखका युवकमा संक्रमण

कर्णालीमा पनि भित्रियो कोरोना, भारतबाट फर्किएका दैलेखका युवकमा संक्रमण

नेपालमा कोरोना भाइरस संक्रमण भएको झन्डै चार महिनापछि कर्णालीमा संक्रमित व्यक्ति भेटिएका छन्।
 |  सोमबार, जेठ ५, २०७७

देव राना

देव राना

सोमबार, जेठ ५, २०७७

सुर्खेत- नेपालमा कोरोना भाइरस संक्रमण भएको झन्डै चार महिनापछि कर्णालीमा संक्रमित व्यक्ति भेटिएका छन्।

National life

दैलेख आठबीसकोट नगरपालिकाका–३५ वर्षीय युवकलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रादेशिक प्रयोगशालाका संयोजक ओम आचार्यले जानकारी दिए।

साेमबार बिहान सुर्खेतमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएका उनको नुमना पुनः परीक्षणका लागि नेपालगन्ज पठाइएको थियो।

नेपालगन्जमा पुनः परीक्षण गर्दा पनि कोरोना भएको पुष्टि भएको आचार्यले जनाए।  संक्रमित युवक जेठ १ गते भारतको आगराबाट गाउँ फर्किएका थिए।

योसहित नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५८ पुगेको छ भने सातै प्रदेशका विभिन्न ३२ जिल्लामा कोरोना भाइरस संक्रमित देखिएका छन्।

Shivam cement

नेपालमा पहिलोपटक माघ १० गते कोरोना भाइरस संक्रमित देखिएका थिए। त्यसपछि विभिन्न जिल्लामा संक्रमित देखिए पनि कर्णाली प्रदेशमा भने अहिलेसम्म कसैलाई पनि संक्रमण पुष्टि भएको थिएन।

प्रकाशित: May 18, 2020| 22:20 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।