आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन पालना गराउन गृह मन्त्रालयले गर्‍यो यस्तो निर्णय

लकडाउन पालना गराउन गृह मन्त्रालयले गर्‍यो यस्तो निर्णय

गृह मन्त्रालयले आगामी २० गतेसम्म जारी बन्दाबन्दी (लकडाउन) कडा पार्दै सार्वजनिक सेवा प्रवाहमा खुल्न पाउने कार्यालय, चल्न पाउने सवारीसाधन तथा अन्य अत्यावश्यक सेवा प्रवाहका सम्बन्धमा विभिन्न निर्णय गरेको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

गृह मन्त्रालयले आगामी २० गतेसम्म जारी बन्दाबन्दी (लकडाउन) कडा पार्दै सार्वजनिक सेवा प्रवाहमा खुल्न पाउने कार्यालय, चल्न पाउने सवारीसाधन तथा अन्य अत्यावश्यक सेवा प्रवाहका सम्बन्धमा विभिन्न निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आइतबारको निर्णयअनुसार यस्तो निर्णय भएको गृह मन्त्रालयले सोमबार जनाएको छ।

लकडाउन पालना गराउन मन्त्रालयले गरेका निर्णय यस्ता छन्

१) बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारी मार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने।

२) अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा अति आवश्यक पर्ने न्यूनतम कर्मचारीहरूलाई आलोपालो मिलाई तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनुशरण गरी कार्यालय सञ्चाललन गर्ने ।

३) अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालयका लागि सम्बन्धित मन्त्रालय र निकायको सचिव र अन्य निकायहरूको लागि सम्बन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेको कुल सवारी साधनहरूमध्ये एक चौथाई सख्यामा नबढ्ने गरी सवारी पास उपलब्ध गराउने।

४) प्रकरण ३ मा तोकिएको बाहेक उपत्यका बाहिरको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सावधानीपूर्वक सकेसम्म न्यूनतम सवारी साधन सञ्चालन हुने नीति लिई सवारी पास उपलब्ध गराउने।

प्रकाशित: May 18, 2020| 20:44 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।