आइतबार, भदौ ७, २०८३

सबैभन्दा धेरै कोरोना संक्रमित प्रदेश २ मा

कोरोना भाइरसबाट सात प्रदेशमध्ये सबैभन्दा बढी संक्रमित प्रदेश २ मा देखिएका छन्।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

कोरोना भाइरसबाट सात प्रदेशमध्ये सबैभन्दा बढी संक्रमित प्रदेश २ मा देखिएका छन्।

सोमबार मात्रै रौतहटमा ९, बारामा १ र धनुषामा ९ जना गरी ११ जना संक्रमण पुष्टि भएको छ। यसअघि आइतबार रौतहटमा १० जना संक्रमित भेटिएका थिए।

सोमबार साँझसम्मको विवरणअनुसार प्रदेश २ मा कूल कोरोना संक्रमितको संख्या १३३ पुगेको छ। देशभर कोरोना संक्रमण पुष्टि भएको संख्या ३५७ छ । प्रदेश २ का आठै जिल्लासम्म कोरोना संक्रमण पुगिसकेको छ। प्रदेशमा सबैभन्दा बढी संक्रमितको संख्या पर्सा र रौतहटमा देखिएको छ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार पर्सामा तीन भारतीयसँगै ९१ र रौतहटमा २२ जना कोरोना संक्रमित छन्। धनुषामा ७, महोत्तरीमा ४, सर्लाहीमा ४, सिरहा र सप्तरीमा १-१ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म ५ हजार ५८५ जनाको स्वाब संकलन भएकोमा १ हजार ४३८ जनाको नतिजा आउन बाँकी छ। सबैभन्दा बढी २ हजार १०८ जनाको पर्सामा स्वाब संकलन भएको छ। जसमध्ये ५१ जनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी धनुषाको ७३५ जनाको स्वाब परीक्षणको नतिजा आउन बाँकी छ।

मन्त्रालयका अनुसार आठै जिल्लामा गरी क्वारेन्टिनमा ३ हजार ३६२ जना, होम क्वारेन्टिनमा ४ हजार ८७३ जना र ११६ जना आइसोलेसनमा छन्। आठै जिल्ला भारतीय सीमासँग जोडिएको तथा वैदेशिक रोजगारमा जानेहरुको संख्या पनि सबैभन्दा बढी रहेकाले प्रदेश २ लाई कोरोनाको उच्च जोखिममा लिइएको थियो।

सम्भावित जोखिम सामना गर्न आवश्यक तयारी गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका थिए। परीक्षणले तीव्रता पाएसँगै प्रदेश २ मा संक्रमितको संख्या पनि थपिँदै छ।

प्रकाशित: May 18, 2020| 20:20 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।