आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हप्तौं लामो लकडाउन भए पनि भारतमा कोरोना संक्रमणको रफ्तार बढ्दो

हप्तौं लामो लकडाउन भए पनि भारतमा कोरोना संक्रमणको रफ्तार बढ्दो

भारतमा २४ घण्टामै कोरोना भाइरसका ५ हजार २४२ जना संक्रमित थपिएका छन्। दैनिक संक्रमणका हिसाबले यो अहिलेसम्मकै ठूलो उछाल हो।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

भारतमा २४ घण्टामै कोरोना भाइरसका ५ हजार २४२ जना संक्रमित थपिएका छन्। दैनिक संक्रमणका हिसाबले यो अहिलेसम्मकै ठूलो उछाल हो। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ९६ हजार १६९ पुगेको छ।

बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ १५७ जनाको मृत्यु भएको र मृतकको कुल संख्या ३ हजार २९ पुगेको छ।

कुल संक्रमितमध्ये ३६ हजार ८२३ जना भने निको भएका छन्। कोरोनाको संक्रमण रोक्न लकडाउन लागू भएको करिब ८ साता बित्दा पनि भारतमा संक्रमण बढेको बढ्यै छ।

हिजो आइतबारमात्रै लकडाउनको अवधि थपेर ३१ मेसम्म लम्ब्याइएको छ।

कुन राज्यको स्थिति कस्तो ?

महाराष्ट्र– ३३,०५३ संक्रमित, ११९८ को मृत्यु

गुजरात– ११,३७९ संक्रमित, ६५९ को मृत्यु

तमिलनाडु– ११,२२४ संक्रमित, ७८ को मृत्यु

दिल्ली– १०,०५४ संक्रमित, १६० को मृत्यु

राजस्थान– ५२,०२ संक्रमित, १३१ को मृत्यु

प्रकाशित: May 18, 2020| 12:05 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।