आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : फरक नतिजा आएपछि प्रादेशिक अस्पतालमा कोरोना परीक्षण बन्द

प्रदेश २ : फरक नतिजा आएपछि प्रादेशिक अस्पतालमा कोरोना परीक्षण बन्द

प्रादेशिक अस्पताल जनकपुरमा दोस्रो पटक जडित पीसीआर मेसिनबाट परीक्षण बन्द भएको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

जनकपुरधाम- प्रादेशिक अस्पताल जनकपुरमा दोस्रो पटक जडित पीसीआर मेसिनबाट परीक्षण बन्द भएको छ। पछिल्लो पटक जडान गरिएको पीसीआर मेसिनले फरक नतिजा दिएपछि परीक्षण बन्द गरिएको हो।

यसअघि राष्ट्रिय प्रयोगशालाले पठाएको पीसीआर मेसिनले भरपर्दो नतिजा दिन नसकेपछि नयाँ मेसिन जडान गरिएको थियो।

२४ वैशाखमा संकलित पत्रकारहरुको स्वाब परीक्षण गर्दा प्रादेशिक अस्पतालस्थित पीसीआर मेसिनले नेगेटिभ नतिजा दिएको थियो। तर, राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षण गरिँदा एकजना पत्रकारसहित दुईजनामा पोजेटिभ देखिएपछि पीसीआर मेसिन बन्द गरिएको प्रादेशिक प्रयोगशाला स्रोतले बताएको छ।

‘यहाँको पीसीआर मेसिनले सबै रिपोर्ट नेगेटिभ देखाएको थियो,’ प्रादेशिक प्रयोगशालामा कार्यरत एक कर्मचारीले भने, ‘तर, सोही स्वाब टेकुमा परीक्षण हुँदा दुईजनामा पोजेटिभ देखिएपछि तीन/चार दिनदेखि परीक्षण भएको छैन।’ अब संकलन गरिएका स्वाब टेकु पठाइने उनले बताए।

पहिलो पटक प्राविधिकहरुले जडान गरेपनि पछिल्लो पटक पीसीआर मेसिन जडान गर्न प्रयोशालाका निर्देशक डा. रुना झा स्वयं जनकपुर पुगेकी थिइन्।

निर्देशक स्वयं आफैं आएर मेसिन जडान गर्न लगाएपछि पछिल्लो भन्दा अहिलेको मेसिन भरपर्दो हुने विश्वास लिइएको थियो।

प्रादेशिक प्रयोगशालाका निमित्त प्रमुख रामविनय साहले समेत पछिल्लो भन्दा अहिले जडान गरिएको मेसिन भरपर्दो रहेको प्रतिक्रिया दिएका थिए।

प्रादेशिक प्रयोगशाला र टेकुको रिपोर्ट पटकपटक फरक पर्न थालेपछि यहाँ कार्यरत प्राविधिकहरुको दक्षतामा समेत प्रश्न उठ्न थालेको छ। कतिपय जानकारहरु प्राविधिकलाई पर्याप्त तालिम नदिँदा यस्तो समस्या आएको बताउँछन्।

प्रदेश सरकार आफ्नै पीसीआर किन्दै

प्रदेश सरकारले बढी क्षमता भएको दुई पीसीआर मेसिन खरिद गर्ने तयारी गरेको छ। जनकपुर र सप्तरीको राजविराजमा जडान गर्न प्रदेश सरकारले दुईथान पीसीआर खरिद गर्न लागेको हो।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले पीसीआर खरिद गर्न टेन्डर प्रक्रिया अघि बढिसकेको बताए।

प्रयोगशालाका एक अधिकृतले पनि बढी क्षमता भएको नयाँ पीसीआर आउन लागेको सुनेको बताए। तर, नयाँ पीसीआर मेसिन कहिले जडान हुने यसबारे आफूहरुलाई कुनै जानकारी नरहेको उनले बताए ।

प्रकाशित: May 18, 2020| 12:05 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।