आइतबार, भदौ ७, २०८३

एमसीसी सम्झौता राष्ट्रहित विपरीत : रावल

नेकपा नेता भीम रावलले अमेरिकी सहयोग एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता पछाडिको ढाेकाबाट ल्याएर अनुमाेदन गर्न खोजिएको भन्दै त्यो नेपाली जनताका लागि मान्य नहुने बताएका छन्।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

काठमाडाैं- नेकपा नेता भीम रावलले अमेरिकी सहयोग एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता पछाडिको ढाेकाबाट ल्याएर अनुमाेदन गर्न खोजिएको भन्दै त्यो नेपाली जनताका लागि मान्य नहुने बताएका छन्।

संसद्को सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले एमसीसी सम्झौता महाकाली सन्धिजस्तै रहेको बताए।

नेकपाद्वारा एमसीसीबारे अध्ययन गर्न सत्तारुढ नेकपाद्वारा गठित कार्यदलका सदस्यसमेत रहेका रावलले भने, 'यो महाकाली सन्धिजस्तै देशको हितविपरीत छ। महाकाली सन्धि गर्दा संशोधन गर्दै जाने भनिएको थियो तर संशोधन हुन सकेन। एमसीसी पनि त्यस्तै राष्ट्र हित विपरीत छ।'

उनले एमसीसी सम्झौता देशकाे हितमा छ भनेर नेपाली जनतालाई भ्रम मात्र छर्ने काम भइरहेकाे बताए।

एमसीसीमा रहेको अन्तरदेशीय उद्योग खाेल्ने प्रावधान कुनै कानुनमा नरहेको उनकाे भनाइ छ। 

प्रकाशित: May 18, 2020| 11:40 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।