आइतबार, भदौ ७, २०८३

पानी भर्न गएकी बालिका नदीमा बेपत्ता

सल्यानमा पानी भर्न गएकी एक बालिका भेरी नदीमा बेपत्ता भएकी छन्।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

सुर्खेत– सल्यानमा पानी भर्न गएकी एक बालिका भेरी नदीमा बेपत्ता भएकी छन्।

बनगाड कुपिण्डे नगरपालिका–१, घाटगाउँकी १० वर्षीया लक्ष्मी बिक नदीमा बेपत्ता भएकी हुन्। आइतबार साँझ साथीहरूसँग पानी भर्न गएकी उनी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) ढकेन्द्र खतिवडाका अनुसार नदी धमिलो भएका कारण बालिकाको खोजीमा समस्या भइरहेको छ।

इलाका प्रहरी कार्यालय, सल्लिबजार, स्थानीय र जनप्रतिनिधिले बेपता बालिकाको खोजी गरिरहेको प्रहरीको भनाइ छ।

खानेपानी अभावका कारण घाटगाउँवासीले लामो समयदेखि भेरी नदीकै पानी खाना र सरसफाइमा प्रयोग गर्दै आएका छन्।

प्रकाशित: May 18, 2020| 10:14 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।