आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टोल बन्द नगर्न र भाडामा बस्नेलाई दुर्व्यवहार नगर्न गृह मन्त्रालयको आदेश

टोल बन्द नगर्न र भाडामा बस्नेलाई दुर्व्यवहार नगर्न गृह मन्त्रालयको आदेश

प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले सुरक्षा सतर्कताको नाममा टोल बन्द गरेर आवागमनमा अवरोध गर्ने र भाडामा बस्नेमाथि भइरहेको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको हो।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं– गृह मन्त्रालयले सुरक्षा सतर्कताको नाममा टोल बन्द गरेर आवागमनमा अवरोध नगर्न र भाडामा बस्ने व्यक्तिलाई दुव्र्यवहार नगर्न आदेश दिएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले सुरक्षा सतर्कताको नाममा टोल बन्द गरेर आवागमनमा अवरोध गर्ने र भाडामा बस्नेमाथि भइरहेको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको हो।

लकडाउनको समयमा घर बाहिर रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत जो–कोहीलाई पनि घरबाट निकाल्न नपाइने मन्त्रालयको भनाइ छ।

आदेश प्रमुख जिल्ला अधिकारीमार्फत् देशभर लागू गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आदेशको अपहेलना गर्ने वा काममा अवरोध पु¥याउने जुनसुकै व्यक्तिलाई कानुन बमोजिम सजाय हुने छ।’

मन्त्रालयले एक अर्कालाई निषेध नभएर सबै मिलेर महामारीविरूद्ध लड्न अपिल पनि गरेको छ।

 

 

प्रकाशित: May 17, 2020| 21:50 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।