आइतबार, भदौ ७, २०८३

सैनिक पोसाकमा पक्राउ परेका युवक सेनाका भगौडा

लकडाउनका बेला सैनिक पोसाक लगाएर मोटर साइकल कुदाउँदा काठमाडौंबाट पक्राउ परेका युवा सेनाका भगौडा भएको खुलेको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं-  लकडाउनका बेला सैनिक पोसाक लगाएर मोटर साइकल कुदाउँदा काठमाडौंबाट पक्राउ परेका युवा सेनाका भगौडा भएको खुलेको छ।

आइतबार बिहान महाराजगंजबाट सैनिक प्रहरीको टोलीले सैन्य पोषाक दुरुपयोग गरेको आरोपमा २९ वर्षीय सुशील खड्कालाई नियन्त्रणमा लिएको  थियो।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेयले पक्राउ पर्ने खड्का नेपाली सेनाका भगौडा रहेको बताए।

उनलाई बाँसबारीतर्फ जाँदै गरेको बेला सेनाले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका खड्कालाई सैनिक प्रहरी गणमा राखेर सेनाले अनुसन्धान सुरु गरेको छ।

प्रवक्ता पाण्डेका अनुसार खड्का २०६८ सालमा नेपाली सेनामा भर्ती भएर तालिमकै क्रममा भागेका थिए ।

दोलखा घर भई काठमाडौं बाँसबारीमा होटल व्यवसाय गर्दै आएका खड्का लकडाउनमा दिनहुँ सैनिक पोसाक लगाएर आवतजावत गर्दै आएका थिए।

सैनिक पोसाकको दुरुपयोग भैरहेको सूचनाका आधारमा सेनाले आइतबारबाट काठमाडौंका चार ठाउँमा चेकजाँच थालेपछि खड्का पक्राउ परेका हुन्।

सैन्य पोसाकमा हिँड्ने युवक नियन्त्रणमा, राजधानीका चार ठाउँमा सेनाकाे निगरानी

प्रकाशित: May 17, 2020| 21:00 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।