काठमाडाैं- नेपालमा थप तीन जनामा कोरोना संक्रमण भएको छ। संक्रमण पुष्टि भएकामा धनकुटाकी ३४ वर्षीया महिला र मोरङकी २९ वर्षीया महिला र ३६ वर्षका पुरुष छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो।
योसहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ भने मुलुकमा कुल संक्रमितकाे संख्या २९५ पुगेकाे छ।