आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सक भन्छन्- बाँकेका मृतक युवकमा कोरोनाको लक्षण थिएन

चिकित्सक भन्छन्- बाँकेका मृतक युवकमा कोरोनाको लक्षण थिएन

कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु भएका बाँके नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवकलाई कोरोनाको कुनै लक्षण नदेखिएको सामाजिक विकास मन्त्रालय प्रदेश ५ का कोभिड- १९ फोकल पर्सन डा. उमाशंकरप्रसाद चौधरीले बताएका छन्।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडाैं- कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु भएका बाँके नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवकलाई कोरोनाको कुनै लक्षण नदेखिएको सामाजिक विकास मन्त्रालय प्रदेश ५ का कोभिड- १९ फोकल पर्सन डा. उमाशंकरप्रसाद चौधरीले बताएका छन्।

भारतको राजस्थानबाट वैशाख ३० गते आएका उनलाई गाउँपालिकाको दीपेन्द्र मावि भोजभगवानपुरस्थित क्वारेन्टिनमा राखिएको थियो। चौधरीका अनुसार उनी भारतबाट हिँडेर आएका जानकारीमा आएको छ। यसबारे विस्तृत जानकारी लिने काम भइरहेको छ।

वैशाख ३१ गते क्वारेन्टिनमा बसेका उनको ३ गते शनिबार दिउँसो मात्रै स्वाब लिइएको थियो। तर रिपोर्ट आउने बेलासम्म उनको मृत्यु भइसकेको थियो ।

डा. चौधरीका अनुसार मृतक युवकलाई शनिबार राति ३ बजेदेखि ज्वरो आएको थियो। त्यसपछि बान्ता गरेर उनी केही बेर बेहोस हुने भएका थिए।

उनले अन्य औषधि सेवन गरेनगरेको र दीर्घरोग भएनभएका विषयमा जानकारी लिने काम भइरहेको चौधरीले बताए । क्वारेन्टिन व्यवस्थापनमा समस्या रहेको चौधरीको भनाइ छ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालका अनुसार युवकको मृत्युपछि क्वारेन्टिनमा रहेका मानिस त्रसित बनेका छन्।

प्रकाशित: May 17, 2020| 20:00 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।