आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महामारीको बेला भोटको राजनीति नगरौँ : मुख्यमन्त्री पोखरेल

महामारीको बेला भोटको राजनीति नगरौँ : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केही जनप्रतिनिधिले महामारीको बेला पनि भोटको राजनीति गरेको भन्दै त्यसो नगर्न निर्देशन दिएका छन्।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केही जनप्रतिनिधिले महामारीको बेला पनि भोटको राजनीति गरेको भन्दै त्यसो नगर्न निर्देशन दिएका छन्।

रुपन्देही जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा उपस्थित रुपन्देही जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, जिल्लाका सबै पालिकाका प्रमुख तथा अध्यक्षहरुलाई निर्देशन दिँदैं उनले भने, ‘जनप्रतिनिधिले यतिबेला भोलिका भोटर खोज्ने बेला होइन । जीवन जोगिएछ भने भोलि सामान्य अवस्थामा राजनीति गरौँला । तर यतिबेला सबै मिलेर कोरोना विरुद्ध काम गर्नुपर्छ ।’

बैठकमा सहभागी स्थानीय सरकार प्रमुख तथा प्रदेश सांसदहरुको कुरा सुनिसकेपछि मुख्यमन्त्री पोखरेलले भने, ‘अहिले हामी मानवियताको वकालत गर्दै, सुरक्षाको ख्यालै नगरी जसलाई जहाँबाट पनि ल्याउन खोजिरेहका छौ । तर यो बुझेका छैनौ कि भोलि हामीले लुकिछिपी भित्र्याएका मान्छेबाट संक्रमण फैलियो भने त्यसको मुख्य जिम्मेवारी को हुन्छ ? यसैले आत्तिएर भावनामा बगेर काम नगरौं ।’

मुख्यमन्त्री पोखरेलले प्रदेश सांसद, मन्त्री, राजनीतिक दल सबैले स्थानीय सरकारलाई बलियो हुनेगरी यतिबेला सहयोग गर्नुपर्ने पनि बताए ।

मुख्यमन्त्री पोेखरेलले लकडाउनको विकल्प नभएको उल्लेख गर्दै पालिका स्तरमा गर्न सकिने काम पालिकाले गर्ने, स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई समेत सक्रिय बनाएर अगाडि बढाउने, अन्तरपालिका स्तरका काममा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर पटके स्वीकृतिको व्यवस्था गर्ने पनि बताए ।

 

प्रकाशित: May 17, 2020| 19:40 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।