आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मृतक युवकमा कोरोना संक्रमण पुष्टिसँगै नरैनापुर सिल, क्वारेन्टाइनमा बढ्यो त्रास

मृतक युवकमा कोरोना संक्रमण पुष्टिसँगै नरैनापुर सिल, क्वारेन्टाइनमा बढ्यो त्रास

क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरलाई आज चारैतिरबाट बन्द गरिएको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं - क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरलाई आज चारैतिरबाट बन्द गरिएको छ।

सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारी अवस्थित नरैनापुरमा संक्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले आवतजावतमा रोक लगाएर नरैनापुर बन्द गराएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार कोरोना संक्रमितको शव व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा गरिने तयारी भएको छ। उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने उल्लेख छ।

ती युवकलाई भारतबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सीधै क्वारेन्टाइनमा राखिएको थियो। नरैनापुर ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टानमा बस्दै आएका वडा नं ५ निवासी युवकले आइतबार बिहान ४ बजेतिर दुई पटक बान्ता गरेलगत्तै अचानक मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

उनका अनुसार ती युवकसहित भारतबाट नेपाल प्रवेश गरेकाको पीसीआर परीक्षण गर्दा यसअघि नरैनापुर ८ मा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमित आठमध्ये तीन जना दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टाइनका थिए। संक्रमितको सम्पर्कमा रहेका आधारमा नरैनापुरका विभिन्न क्वारेन्टाइनबाट शनिबार २६३ को स्वाब संकलन गरिएको थियो। संकलित स्वाबको पीसीआर रिपोर्ट आउन नपाउँदै युवकको मृत्यु भएको थियो।

भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि मन्त्रालयमार्फत सार्वजनिक गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले मृत्युको कारण पिसिआर रिपोर्ट पोजेटिभ भएकाले सोहीअनुसार अन्त्येष्टि गरिने बताए। पीसीआर रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारेन्टाइनमै राखिएको थियो।

क्वारेन्टाइनमा मृत्यु भएपछि नरैनापुरका बासिन्दा थप त्रसित बनेका छन्। उक्त क्वारेन्टाइनमा मृतकसँगै अन्य ३८ जनालाई राखिएको थियो। बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का एक, वडा नं. ८ का २४ र नरैनापुरका ८ गरी ३३ कोरोना संक्रमित छन्। तीमध्ये २५ को बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा र आठ जनाको दाङको अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: May 17, 2020| 18:59 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।