धनगढी- कैलालीको अत्तरीयाबाट प्रहरीले लकडाउनको समयमा ओसारपासार गरेको मदिरा बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले लकडाउनको समयमा ओसार पसार गरिरहेको अवैध घरेलु तथा ‘ब्रान्डेड’ मदिरा बरामद गरेको हो।
प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टको कमाण्ड खटिएको प्रहरी टोलीले बिभिन्न ब्राण्डका १४ पेटी सौफी, १ पेटी भोड्का, २ पेटी सिप्ट, २ पेटी वाइन, ४ पेटी बियर, ७ पेटी गिलेण्डर बरामद गरेको छ।
यस्तै ५ पेटी लिच्ची, १ पेटी महाकाली, १ पेटी रुची, २ पेटी टेष्टी, २३ पिस उड, ४ पेटी ५५ पिस रहर र १५ सय १ पेटी २८ पिस एम्बिबसन बरामद गरेको प्रहरीले जनाएकोछ ।
अन्दाजी ९३ हजार ५ सय बराबरको मदिरा मसुरिया, ओलानी, गोदावरी क्षेत्रवाट बरामद गरिएको तथा एक सय लिटर अवैध घरेलु मदिरासमेत बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।