आइतबार, भदौ ७, २०८३

एम्बुलेन्स चालकसहित चार बेपत्ता

एम्बुलेन्स चालकसहित देशका बिभिन्न नदीमा डुबेर चार जना बेपत्ता भएका छन्।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं- एम्बुलेन्स चालकसहित देशका बिभिन्न नदीमा डुबेर चार जना बेपत्ता भएका छन्।

म्याग्दीमा सुत्केरी लिन जाँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेर चालक बेपत्ता भएका छन्।

यस्तै पाल्पामा कालीगण्डकी नदीमै डुबेर दुई बालक बेपत्ता भएका छन् भने महाकाली नदीमा हामफालेर दार्चुलामा एक महिला बेपत्ता भएकी छिन्।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित कालीगण्डकी नदीमा एम्बुलेन्स खसेर चालक बेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले चालक बेपत्ता रहेको र उनको नाम खुल्न नसकेको बताए। एम्बुलेन्सको केही टुक्रा भेटिएको कुँवरले जानकारी दिए।

नदीको बहाव तीब्र हुँदा खोजीमा समस्या भइरहेको कुँवरले बताए। कुँवरका अनुसार ग १ झ ३११ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।

यस्तै पाल्पाको रामपुर नगरपालिका–१० शिखरडाडाका दुई बालक रामपुरको मलौटे घाटबाट वेपत्ता भएका हुन्। बेपत्ता हुनेमा रामपुर नगरपालिका १० का १० वर्षीय सुनिल भट्टराई र सोही ठाउँकै ८ वर्षीय समिर चापागाई रहेको वडा अध्यक्ष लिलबहादुर गाँहाले बताए जानकारी दिए।

इलाका प्रहरी कार्यालय रामपुरले बालककको खोजीका लागि सो क्षेत्रमा प्रहरी खटाएको जनाएको छ। कालीगण्डकी धमिलो भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ। बाख्रा चराउन गएका उनीहरु नदीमा नुहाउन बेला डुबेर बेपत्ता भएको बुझिएको छ।

दार्चुलाको महाकाली नगरपालिका–७ धाप थालीगाडमा ३१ वर्षीया कुश्मा थापा नदीमा हामफालेर बेपत्ता भएकी छन्।

प्रहरीका अनुसार शनिबार दिउसो उनले हाम फालेकी हुन्। हामफालेको छेउमा मोबाइल मात्रै भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले हाम फाल्नुको कारण खुल्न नसकेको बताए।

नेपाल प्रहरी र सशस्त्र प्रहरी महाकाली नदीमा महिला खोज्न जुटे पनि भेट्टाउन नसकिएको जोशीले बताए।

प्रकाशित: May 17, 2020| 18:22 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।