आइतबार, भदौ ७, २०८३

कोरोना संक्रमित भेटिएका उपत्यकाका १० ठाउँ सिल

उपत्यकाका तीन वटै जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएपछि १० वटा स्थान सिल गरिएको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि उपत्यकाका १० ठाउँमा सिल गरिएको छ।

कोरोना भाइरस फैलिन नदिन ती ठाउँ सिल गरिएकाे हाे। 

काठमाडौंको कपनस्थित तेन्जिङ चाेक-राधाकृष्ण मन्दिर क्षेत्र, महाराजगञ्ज शिक्षण अस्पतालको प्रसूति विभाग, शिक्षण अस्पतालकै स्नायु रोग विभाग, चन्द्रागिरि नगरपालिका, बालाजु चोक, कालिमाटी– १३ आसपासको तीन सय मिटर क्षेत्र सिल गरिएको हो।

ललितपुरमा पुल्चोक निदान अस्पताल तथा भक्तपुरका शंखधर चोक आपपास, दुवाकोटको संक्रमितको घरवारपर, पाण्डु बजार, सल्लाघारी क्षेत्र सिल गरिएको छ।

महानगरीय प्रहरी कार्यfलयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले पछिल्लो समय उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि संक्रमित भेटिएका क्षेत्रहरूमा उच्च सर्तकता अपनाउन यी ठाउँहरूमा सिल गरिएकाे जानकारी दिए।

उपत्यकामा कोरोनाको संक्रमण फैलिँदै गएपछि तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक कामबाहेक आवजावतमा पूर्ण रुपमा रोक लगाएका छन्।

 

प्रकाशित: May 17, 2020| 17:43 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।