आइतबार, भदौ ७, २०८३

धनुषामा हतियारसहित दुईजना पक्राउ

धनुषामा प्रहरीले दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

जनकपुरधाम- धनुषामा प्रहरीले दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ।

सहीदनगर नगरपालिका–३ झण्डा चोकमा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले ज १२ प ५१६५ नम्बरको मोटरसाइल रोकी चेकजाँच गर्दा उनीहरु हतियारसहित पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही स्थानका २० वर्षीय सुनिलकुमार साह रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुको साथबाट पेस्तोल एक थान र तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

यसअघि आइतबार बिहान प्रेस लेखिएको मोटरसाइकलबाट हतियारसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।

प्रहरीले विष्णु गाउँपालिका–३ बस्ने २५ वर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिह घर भएका १९ वर्षीय अनिश साहलाई पक्राउ गरेको हो। प्रेस लेखिएको बीआर ३० एम ६७८७ भारतीय प्लेट नम्बरको गाडीबाट दुबै जनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 17, 2020| 17:35 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।