आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराटनगरमा औषधि व्यवसायीको शंकास्पद मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

विराटनगरमा औषधि व्यवसायीको शंकास्पद मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

विराटनगरमा एक औषधि व्यवसायीको शंकास्पद मृत्यु भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं– विराटनगरमा एक औषधि व्यवसायीको शंकास्पद मृत्यु भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ।

आइतबार बिहान मृत्यु भएका ३३ वर्षीय देवीप्रसाद दुलालको मृत्यु शंकास्पद भएको भन्दै अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१२, खनार घर भएका दुलाललाई कोशी अस्पतालले आइतबार बिहान ३ बजे मृत घोषित गरेको थियो।

विराटनगर महानगरपालिका–१० मा पत्नी र छोरासहित बस्दै आएका दुलालको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि मृत्यु शंकास्पद रहेको प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए।

“आँखामाथि, घाँटीमा चोटपटक देखिएकाले उनको मृत्यु शंकास्पद छ,” अधिकारीले भने, “शव पोष्टमार्टम हुँदैछ, त्यसबाट केही खुल्छ होला।”

अधिकारीका अनुसार बिहान सुतिरहेको अवस्थामा असहज भएपछि पत्नी मीना श्रेष्ठ दुलालले छिमेकीको सहयोगमा उनलाई अस्पताल पुर्याएकी छन्।

प्रहरीका अनुसार दुलालले साथीहरू धनबहादुर काफ्ले र हरिमोन श्रेष्ठसँग शनिबार राति ८ बजेसम्म आफ्नै कोठामा मदिरा सेवन गरेका थिए। “दुवै जना निस्किएपछि पनि दुलालले एक्लै मदिरा सेवन गरेका रहेछन्,” अधिकारीले भने, “दुई–तीन प्रकारका मदिरा सेवन गरेको खुलेको छ।”

प्रेसर र सुगरका कारण पहिले पनि दुलाललाई प्यारालाइसिस भएको बुझिएको प्रहरीले जनाएको छ। दुलालको देवी माँ पाथीभरा फर्मा नामको औषधि डिलर रहेको छ।

प्रहरीले मृत्यु शंकास्पद देखिएपछि दुलालकी पत्नी मीना तथा सँगै मदिरा सेवन गर्ने औषधि व्यवासायी धनबहादुर र हरिमोहनलाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि सोधपुछ गर्दै घटनाको अनुसन्धान गर्ने काम भइरहेको अधिकारीले जानकारी दिए।

प्रकाशित: May 17, 2020| 12:39 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।