आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सैन्य पोसाकमा हिँड्ने युवक नियन्त्रणमा, राजधानीका चार ठाउँमा सेनाकाे निगरानी

सैन्य पोसाकमा हिँड्ने युवक नियन्त्रणमा, राजधानीका चार ठाउँमा सेनाकाे निगरानी

लकडाउनमा नेपाली सेनाको पोसाक लगाएर सवारी चलाउने एक युवकलाई सेनाले नियन्त्रणमा लिएको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं– लकडाउनमा नेपाली सेनाको पोसाक लगाएर सवारी चलाउने एक युवकलाई सेनाले नियन्त्रणमा लिएको छ।

सेनाको पोसाक लगाएर मोटरसाइकल चलाउँदै गरेका बाँसबारी बस्ने २९ वर्षीय सुशील खड्कालाई सेनाले नियन्त्रणमा लिएको हो।

बाँसबारीमा राजु कोल्डस्टोर नामको होटलका सञ्चालक खड्कालाई सैनिक प्रहरीले महाराजगन्जबाट नियन्त्रणमा लिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले जानकारी दिए।

प्रहरीले चेक नगरोस् भनेर खड्काले सधैँ सैनिक पोसाक लगाएर आवतजावत गर्दै आएको खुलेको पाण्डेयले बताए।

“उनले सैनिक पोसाक दुरुपयोग गरेका छन्। अब हामी छानविन गर्छौं,” पाण्डेयले नेपाल समयसँग भने, “सरकारले ६ महिनापहिले नै सर्वासाधारणलाई सैनिक पोसाक प्रयोग नगर्न सूचना जारी गरेको थियो।”

उनले सैनिक पोसाक कताबाट ल्याए भन्ने छानविन गरेर कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने बताए।

सर्वसाधारणले नेपाली सेनाको पोसाक लगाएर सवारी चलाउन थालेको पाइएपछि राजधानीका चार स्थान (बानेश्वर, महारागन्ज, कालीमाटी र थापाथली) मा सैनिक प्रहरीले चेकिङ सुरु गरेको छ।

प्रवक्ता पाण्डेयले आइतबारबाट चार स्थानमा सैनिक प्रहरीले सैनिक पोसाक लगाएर आउनेलाई चेक गर्न थालिएको जानकारी दिए।

“हामीले कार्यालयभित्र काम गर्नेलाई बाहिर जान नदिने र बाहिरकोलाई भित्र प्रवेशमा रोक लगाएका छौं,” उनले भने, “बजारमा सैनिक पोशाक लगाएर सवारी चलाउनेको संख्या बढेको सुनिएपछि चेकिङ थालिएको हो।”

प्रकाशित: May 17, 2020| 12:13 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।