आइतबार, भदौ ७, २०८३

लकडाउनबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक

कोरोना भाइरस संक्रमण जोखिमका कारण जारी लकडाउनबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमण जोखिमका कारण जारी लकडाउनबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ। यसअगाडि लागू गरिएको लकडाउन सोमबार सकिँदै छ। बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। 

मन्त्रिपरिषद्को बैठकअघि लकडाउनकाे निरन्तरता र मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक दिउँसो साढे २ बजे सिंहदरबारमा बस्ने कार्यक्रम छ।

बैठकमा कोरोना संक्रमणको अवस्था र लकडाउनको स्वरुपबारे छलफल तथा समीक्षा हुनेछ। समितिले सुझाव दिएको आधारमा मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी र अवधिबारे निर्णय गर्नेछ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि चैत ११ देखि मुलुक लकडाउनमा छ। लकडाउन पहिलोपटक चैत १८ गतेसम्मका लागि घोषणा गरिएको थियो।

दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्म लम्ब्याइयो। फेरि वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो। त्यसपछि १२ दिन थपेर वैशाख १५ सम्म, १० दिन थपेर वशाख २५ गतेसम्म र १० दिन थपेर जेठ ५ गतेसम्म लकडाउन गरिएको छ।

प्रकाशित: May 17, 2020| 10:33 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।