आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काेराेनाबाट मृत्युकाे घटनाप्रति अमेरिका मर्माहत, सहयाेग जारी रहने प्रतिबद्धता

काेराेनाबाट मृत्युकाे घटनाप्रति अमेरिका मर्माहत, सहयाेग जारी रहने प्रतिबद्धता

अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपालमा कोभिड १९ का कारण जीवन क्षति भएको खबरले आफू अत्यन्त मर्माहत रहेकाे बताएकी छन्।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं- अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपालमा कोभिड १९ का कारण जीवन क्षति भएको खबरले आफू अत्यन्त मर्माहत भएकाे बताएका छन्।

उनले कोभिड १९ ले जनस्वास्थ्य, जनजीवन तथा मानसिक स्वास्थ्यमा पारेको गम्भीर प्रभावलगायत यो दुःखको घडीमा अमेरिकी र नेपाली जनता सँगै रहेको स्पष्ट पारेका छन्।

दूतावासले भनेकाे छ, 'कोभिड १९ का कारण जीवन क्षति भएको खबरले राजदूत बेरीलगायत नेपालस्थित अमेरिकी मिसनका सपूर्ण परिवार अत्यन्तै मर्माहत भएका छाैं।'

अमेरिकाले नेपालीको कोरोना भाइरसविरुद्धको लडाइँमा हरतरहले सहयोग जारी राख्ने प्रतिबद्धता पनि जनाएकाे छ।

दूतावासले भाइरसलाई मिलेर परास्त गर्ने विश्वास लिएको छ। यस्तै दूतावासले सबैलाई सुरक्षित रहन आग्रह गरेको छ।

प्रकाशित: May 17, 2020| 09:48 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।