आइतबार, भदौ ७, २०८३

रौतहटमा १० जना कोरोना संक्रमित थपिए

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २९१ पुगेको छ। आज (आइतबार) बिहान स्वास्थ्य मन्त्रालयले जनाएअनुसार रौतहटमा १० जना संक्रमित थपिएका छन्।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २९१ पुगेको छ। आज (आइतबार) बिहान स्वास्थ्य मन्त्रालयले जनाएअनुसार रौतहटमा १० जना संक्रमित थपिएका छन्। थपिएका सबैको पीसीआर परीक्षण टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको थियो।

थपिनेमा रौतहटको राजपुर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षका पुरुष तथा इशनाथ नगरपालिका–३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुष छन्।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालका कोरोना संक्रमितको संख्या २९१ पुगेको छ। यीमध्ये एकजनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन्।

प्रकाशित: May 17, 2020| 07:31 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।