आइतबार, भदौ ७, २०८३

प्रदेश २ : संक्रमित बढेपछि गण्डक अस्पतालमा पनि उपचार

प्रदेश २ मा काेराेना भाइरसबाट संक्रमितकाे संख्या बढेपछि गण्डक अस्पतालमा पनि उपचार व्यवस्था मिलाइएकाे छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

पर्सा- प्रदेश २ मा काेराेना भाइरसबाट संक्रमितकाे संख्या बढेपछि गण्डक अस्पतालमा पनि उपचार व्यवस्था मिलाइएकाे छ।

वीरगन्जको गण्डकस्थित गण्डक हस्पिटलमा आजदेखि कोरोना भाइरस संक्रमितको उपचार गराइने हस्पिटलका सञ्चालक रहबर अन्सारीले बताए। अहिले वीरगन्जकाे नारायणी अस्पतालमा एक सय जना कोरोना संक्रमितकाे उपचार भइरहेकाे छ। प्रदेश २ मा संक्रमितकाे संख्या बढ्दाे छ।

वीरगन्ज महानगरपालिका, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र गण्डक हस्पिटलका सञ्चालक रहबर अन्सारीको समन्वयमा उक्त हस्पिटलमा कोरोना भाइरस संक्रमितको उपचार व्यवस्था सम्भव भएको हो।

लामो प्रयासपछि गण्डक हस्पिटललाई नारायणी अस्पतालले नै सहजीकरण गर्ने गरी सञ्चालन गरिएको वीरगन्ज महानगरका मेयर विजय सरावगीले जानकारी गराए।

नारायणी अस्पतालका चिकित्सक, पारामेडिकल स्टाफ, नर्सिङलगायतले संक्रमितको निगरानी तथा उपचारमा सघाउछन्। सरागबगीले भने, 'गण्डक हस्पिटलमा ६५ जनासम्मको उपचार गर्न सक्ने व्यवस्था गराएका छौं।' 

 

 

प्रकाशित: May 17, 2020| 07:20 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।