आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्जका मेयर सरावगीको माग- प्रेसलाई बन्देज लगाइयोस्

वीरगन्जका मेयर सरावगीको माग- प्रेसलाई बन्देज लगाइयोस्

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग प्रेसलाई बन्देज लगाउन माग गरेका छन्।
 |  आइतबार, जेठ ४, २०७७
nespernesper

जियालाल साह

जियालाल साह

आइतबार, जेठ ४, २०७७

vianetvianet

पर्सा- वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग प्रेसलाई बन्देज लगाउन माग गरेका छन्।

कोरोना महामारीको अनुगमन गर्न पर्सा आईपुगेका मुख्यमन्त्री राउतलाई मेयर सरावगीले कोरोना महामारीमा सञ्चारकर्मीले ‘हाम्रो नकारात्मक मात्रै कुरा लेखेको’ भन्दै प्रदेश २ मा प्रतिबन्ध लगाउने गरी कानुन निर्माण गर्न आग्रह गरेका हुन्। यद्यपि, त्यो प्रतिवन्ध कस्तो रहने भन्ने चाहिँ उनले खुलाएनन्।

वीरगञ्जको नगरसभागृहमा मुख्यमन्त्रीको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्याय, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गंगा पन्त, नेपाल पत्रकार महासंघ प्रदेश २ का सभापति दीपेन्द्र चौहान लगायत सहभागी छलफलमा मेयर सरावगीले जनतालाई राहत बाँड्दा पनि पत्रकारले भ्रष्टाचार भनि टिप्पणी गरेकाले सेन्सरसिप आवश्यक रहेको बताएका थिए।

तत्कालीन संघीय समाजवादी पार्टीबाट चुनाव जितेर मेयर भएका सरावगीले वीरगञ्जका सञ्चारकर्मीले आफ्नाबारे जथाभावी समाचार लेखेको आरोप पहिलेदेखि लगाउँदै आएका छन्।

हालै महानगरले राहत वितरणका लागि कुहिएको चामल खरिद गरी भ्रष्टाचार गरेको समाचार सञ्चारमाध्यममा आएको थियो ।

‘मेयर कमजोरी लुकाउँदै छन्’

उता नेपाल पत्रकार महासंघ प्रदेश– २ अध्यक्ष दिपेन्द्र चौहानले प्रेसलाई सेन्सरसिप लगाउने कुरा मेयर सरावगीको विकृत मानसिकताको उपज भनेका छन्।

भ्रष्टाचारको समाचार लेख्यो भन्दैमा प्रेसलाई सेन्सर गर्ने मेयर सरावगीको दिवास्वप्न रहेको भन्दै चौहानले प्रेसले भ्रष्टचारविरुद्ध अझ धेरै लेख्नुपर्ने बताए।

महामारीका बेला जोखिम उठाउँदै, कतिपय ठाउँमा दुव्र्यवहार खेप्दै जनतालाई सुसूचित गराउने काममा संलग्न पत्रकारमाथि सेन्सरसिपको कुरा गरेर मेयर सरावगीले आफ्नो कमजोरी लुकाउन खोजेको र लोकतन्त्रको खिल्ली उडाएको उनको भनाई छ।

 

प्रकाशित: May 17, 2020| 07:00 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।