काठमाडौं- नेपाल र बंगलादेशले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।
छैटौं मिनेटमा गोलरक्षक अन्जना रानामगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै गरेको क्रसमा पेनाल्टी बक्समा मोस्सामत सोप्नाले सुवर्ण अवसर पाए पनि प्रहार गर्न ढिला गर्दा आफैैले फल गर्न पुगेकी थिइन्।
नवौं मिनेटमा अमृता जैशीको भली प्रहारलाई बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले दोस्रो प्रयासमा नियन्त्रणमा लिइन्। नवौं मिनेटमा सरु लिम्बुको प्रहारलाई गोलरक्षक चक्माले पञ्च गर्दै चाउँदा नेपाल अग्रता लिनबाट चुक्यो।
२०औं मिनेटमा रश्मी कुमारी घिसिङको पासमा सरु लिम्बुले पेनाल्टी बक्स नजिकै अवसर पाए पनि मसुरा परभिनले क्लियर गरिदिइन्।