आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बर्दियाका कोरोना संक्रमित महिला नभई पुरुष, काठमाडौंमा गरिएको थियो परीक्षण

बर्दियाका कोरोना संक्रमित महिला नभई पुरुष, काठमाडौंमा गरिएको थियो परीक्षण

बर्दियामा शनिबार बिहान कोरोना संक्रमण भेटिएको भनिएको व्यक्ति महिला नभएर पुरुष भएको खुलेको छ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं- बर्दियामा शनिबार बिहान कोरोना संक्रमण भेटिएको भनिएको व्यक्ति महिला नभएर पुरुष भएको खुलेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्दियाको नार्खु–११ की २८ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको प्रेस विज्ञप्तिमार्फत जनाएको थियो।

मन्त्रालयले भनेअनुसार बर्दियामा नार्खु नाम गरेको कुनै गाउँ नै नरहेको र संक्रमित व्यक्ति पनि महिला नभएर पुरुष भएको खुलेको हो।

जनस्वास्थ कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले संक्रमित व्यक्ति महिला नभएर २८ वर्षीय पुरुष रहेको खुलेको बताए।

गिरीका अनुसार ती पुरुषको ठेगाना बर्दिया गुलरीया नगरपालिका–११ लालपुर रहेको छ। ‘संक्रमित व्यक्ति बैशाख २९ गते बर्दियाबाट ट्रकमा काठमाडौं गएको भन्ने बुझिन आएको छ, हामी थप बुझ्दै छौँ’ गिरीले भने, ‘उनको स्वाब पनि काठमाडौंमै संकलन गरिएको र उनी कालीमाटीमा मासु पसल सञ्चालन गर्दै आएको बुझिएको छ।’

संक्रमित युवकको घर रहेको टोललाई सिल गरिएको र उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिने गिरीले बताए।

बर्दियामा कोरोना संक्रमित भेटिएको यो दोस्रो हो। यस अघि ११ वर्षीया एक बालिकामा कोरोना संक्रमण भेटिएको थियो।

प्रकाशित: May 16, 2020| 15:53 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।