काठमाडौं - पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशभर सामान्य बदली रहीे केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल नेपालमा कायम रहेको पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले मध्याह्नपछि देशको अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल देशको पहाडी भूभागमा सामान्य बदली भई बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ।
दिउँसो देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागमा सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
आइतबार देशको पूर्वी भूभागका केही स्थान र मध्य तथा पश्चिमी पहाडी भूभागमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। सोमबार देशको पूर्वी पहाडी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।