आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जिप्रका बाराको मुद्दा शाखामा कार्यरत प्रहरीलाई कोरोना संक्रमण

जिप्रका बाराको मुद्दा शाखामा कार्यरत प्रहरीलाई कोरोना संक्रमण

बारामा नयाँ कोरोना संक्रमित भेटिएका एक जना प्रहरी रहेको खुलेको छ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं- बारामा नयाँ कोरोना संक्रमित भेटिएका एक जना प्रहरी रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय (जिप्रका)को मुद्दा शाखमा कार्यरत २८ वर्षीय प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको बारा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले जानकारी दिए।

“मुद्दा फाँटमा कार्यरत एक जनालाई कोरोनाको संक्रमण पोजेटिभ भएको जानकारी आएको छ,” पंगेनीले भने, “उनको सम्पर्कमा आएका करिव ३० जना कर्मचारीको स्वाब संकलन गरिँदैछ।”

रौतहट घर भएका ती प्रहरी लकडाउनको अवधिभर कार्यालयमै रहेको पंगेनीले जानकारी दिए। सहकर्मीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय, बाराले उच्च सजगता अनपनाएको छ।

कार्यस्थलमै रहेका सुरक्षाकर्मीलाई कोरोना संक्रमण भेटिएको यो पहिलो घटना हो।

प्रकाशित: May 16, 2020| 15:31 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।