आइतबार, भदौ ७, २०८३

सिंहदरबार प्रबलीकरण रफ्तारमा

लकडाउनका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रबलीकरणको कार्यले पुनः गति लिएको छ। सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ। बाँकी तीन वटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भई यतिबेला टायल र मार्वल एवं पेन्टिङको काम भइरहेको छ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं - लकडाउनका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रबलीकरणको कार्यले पुनः गति लिएको छ। सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ। बाँकी तीन वटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भई यतिबेला टायल र मार्वल एवं पेन्टिङको काम भइरहेको छ।

सिंहदरबार प्रबलीकरण कार्यको कार्यान्वयन हेर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) उपनिर्देशक झप्परसिंह विश्वकर्माले स्वास्थ्य तथा सुरक्षाका उपाय अपनाएर कामदार थप्दै प्रबलीकरण कार्यलाई अघि बढाइएको बताए।

विश्वकर्माका अनुसार निर्माण कम्पनीले हाल निर्माणस्थलमा बाँकी रहेका तथा स्थानीय स्तरमा उपलब्ध निर्माण सामग्री प्रयोग गरिरहेको छ। निर्माण सामग्री उपलब्ध भएसम्म काम अघि बढाउन सकिने उनको भनाइ छ।

कामदारहरुलाई सानोसानो समूहमा परिचालन गर्ने तथा कार्यक्षेत्रमा जानुअघि ज्वरो नाप्ने गरिएको निर्माण कम्पनी गौरी पार्वती न्यू टेक्निकल जेभीका प्रतिनिधि लक्ष्मी सुवेदीले जानकारी दिए।

चारवटा मोहडाको प्रबलीकरणमा हाल एक सय १९ कामदारले काम गरिरहेका छन्। सुवेदीले कामदारहरुलाई कार्यस्थलमै बस्ने तथा खाने व्यवस्था गरिएको जानकारी दिए।

त्यसैगरी, लकडाउनका कारण रोकिएका रानीपोखरी एवं धरहरा पुनर्निर्माणको काम पनि सुरु भएको छ।

प्रकाशित: May 16, 2020| 14:59 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।