आइतबार, भदौ ७, २०८३

घरमा आगो लाग्दा पत्नीको मृत्यु, पति घाइते

रुकुम पश्चिमको एक घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं- रुकुम पश्चिमको एक घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ।

आगलागीबाट एक जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–३, खदीमा शनिबार बिहान करिब ११ बजेतिर भएको आगलागीमा परी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार आगो निभाउने क्रममा मृतकका पति डम्बर देवकोटा घाइते भएका छन्।

डम्बरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। तीन तलाको ६ कोठे घरमा बिहान खाना पकाउने क्रममा भण्डारण गरिएको पेट्रोल लिक भएपछि आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट घरको सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो चाँडै नियन्त्रण गरिए पनि भान्छामा रहेकी लालीलाई निकाल्न नसक्दा मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रकाशित: May 16, 2020| 14:57 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।