आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा डुंगा पल्टिँदा ४ वर्षीय बालकसहित ३ बेपत्ता

कर्णालीमा डुंगा पल्टिँदा ४ वर्षीय बालकसहित ३ बेपत्ता

कर्णाली नदीमा डुंगा पल्टिँदा चार वर्षीय बालकसहित तीन जना बेपत्ता भएका छन्।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं - कर्णाली नदीमा डुंगा पल्टिँदा चार वर्षीय बालकसहित तीन जना बेपत्ता भएका छन्। शुक्रबार साँझ सुर्खेतको चौकुनेबाट कैलालीको मोहन्याल गाउँपालिका कोलतडी जाने क्रममा नदीमा डुंगा पल्टिएको प्रहरीले जनाएको छ।

सुर्खेतका प्रहरी प्रमुख एसपी डिल्लीराज पन्तले डुंगा पल्टिँदा सुर्खेतको चौकुने गाउँपालिका–२ का १० वर्षीय हिरु विक, मोहन्याल गाउँपालिका–२ कोलतडीकी २५ वर्षीया मानकु विक र उनका चार वर्षका छोरा धनबहादुर विक बेपत्ता भएको जानकारी दिए।

लकडाउनको समयमा पुलहरु बन्द गरिएपछि लुकिछिपी डुंगा तरेर वारपार गर्ने गरिएको छ।

एसपी पन्तले नदीमा पल्टिएको डुंगाका चालक भने पौडी खेलेर बाँच्न सफल भएको खबर आएको बताए। डुंगामा कति जना सवार थिए भन्ने बारे नखुलेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 16, 2020| 13:48 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।