आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई महिनाअघि मलेसियाबाट आएका सिरहाका कोरोना संक्रमित क्वारेन्टिन बसेका थिएनन्

दुई महिनाअघि मलेसियाबाट आएका सिरहाका कोरोना संक्रमित क्वारेन्टिन बसेका थिएनन्

जनकपुरधाम– प्रदेश २ को सिरहामा पनि कोरोना प्रवेश गरेको छ। प्रदेशका अन्य जिल्लाहरुमा कोरोना संक्रमित फेला परे पनि अहिलेसम्म सिरहामा देखिएको थिएन ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

जनकपुरधाम– प्रदेश २ को सिरहामा पनि कोरोना प्रवेश गरेको छ। प्रदेशका अन्य जिल्लाहरुमा कोरोना संक्रमित फेला परे पनि अहिलेसम्म सिरहामा देखिएको थिएन ।

शनिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका–१ मउवाही बस्ने ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना पुष्टि भएसँगै उनलाई सिरहाको धनगढी नगरपालिकास्थित महेन्द्र गेनाइ प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लग्ने तयारी भइरहेको छ ।

उनी २८ फागुनमा मलेसियाबाट घर फर्केका थिए । चार दिनअघि स्वास्थ्यकर्मीहरुले उनको स्वाब संकलन गरेर लगेको थिए । विदेशबाट आएकाहरुको खोजी गर्दै जाँदा उनी मलेसियाबाट फर्केको पत्ता लागेपछि स्वाब परीक्षण भएको थियो । स्वाब परीक्षणपछि शनिबार पोजेटिभ देखिएको हो । विदेशबाट फर्किएदेखि उनी क्वारेन्टिनमा बसेका थिएनन् ।

कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिका अध्यक्ष केदार यादवले बताए । साथै उनमा कोरोनाको कुनै लक्षणसमेत नदेखिएको अध्यक्ष यादवको भनाइ छ ।

‘लकडाउनअघि विदेशबाट आएकोले उनी क्वारेन्टाइन बसेनन्,’ अध्यक्ष यादवले भने, ‘विदेशबाट आएकाहरु सबैको स्वाब परीक्षण गर्दै जाँदा उनको पनि परीक्षण भएको हो ।’

घरमै बस्नुको साथै खुला रुपले घुमफिर गरिरहेका उनलाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा समस्या आउन सक्ने उनले बताए ।

 

प्रकाशित: May 16, 2020| 13:10 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।