आइतबार, भदौ ७, २०८३

उदयपुरका नयाँ कोरोना संक्रमित टेलिभिजन पत्रकार

उदयपुरमा शुक्रबार कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका २५ वर्षीय युवक पत्रकार भएको खुलेको छ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं- उदयपुरमा शुक्रबार कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका २५ वर्षीय युवक पत्रकार भएको खुलेको छ।

भुल्केबाहिर पहिलो पटक कोरोना संक्रमितको रुपमा भेटिएका युवक पत्रकार भएको र उनी काठमाडौंस्थित एक टेलिभिजनको संवाददाता रहेको खुलेको छ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले त्रियुगा नगरपालिका घर भएका ती पत्रकारलाई कोरोना संक्रमण भेटिएपछि उपचारका लागि विराटनगर पठाइएको जानकारी दिए।

यसअघि कोरोना संक्रमण भेटिएको भुल्के क्षेत्रमा समाचार संकलनका क्रममा गएका पत्रकारलाई सोही क्षेत्रबाट कोरोना संक्रमण भएको आशंका गरिएको छ। उनको स्वाब परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको थियो।

त्रियुगा नगरपालिका–३, भुल्केमा ३३ जनामा कोरोना देखिइसकेको छ, जसमध्ये १७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

यसअघि पर्सामा पनि दुई जना पत्रकारलाई कोरोना संक्रमण देखिएको थियो।

पर्साका सञ्चारकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

प्रकाशित: May 16, 2020| 12:40 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।