आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भूमि अतिक्रमणको विरोधमा उत्रिएका कांग्रेस कार्यकर्ता पक्राउ

भूमि अतिक्रमणको विरोधमा उत्रिएका कांग्रेस कार्यकर्ता पक्राउ

भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएको विरोधमा सिन्धुपाल्चोकको बाह्रबिसेमा प्रदर्शनमा उत्रिएका कांग्रेस कार्यकर्ता पक्राउ परेका छन्।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

सिन्धुपाल्चोक- अतिक्रमित भूमि फिर्ताका लागि सरकारलाई दबाब दिन आयोजित प्रदर्शनमा अरनिको कलेजका स्ववियु सभापति एवम् नेविसंघका क्षेत्रीय अध्यक्ष हेमन्त श्रेष्ठ, नेपाली कांग्रेसका नेता अजय तामाङ, नेविसंघका नेताहरु विश्वास बस्नेत, रमेश अधिकारी, मनीष बस्नेतलगायतलाइ प्रहरीले नियन्त्रणमा लिएको थियो।

नेविसंघको दबाबपछि पक्राउ कार्यकर्तालाई बिना सर्त रिहा गरिएको नेविसंघ सिन्धुपाल्चोकका कावा सभापति नवीन श्रेष्ठले बताए।

नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले लकडाउनको पालना गरी शान्तिपूर्ण तवरले गरिएको प्रदर्शनमाथि भएको प्रहरी हस्तक्षेप र गिरफ्तारको निन्दा गरेका छन्। उनले भने, 'अतिक्रमित भूमि फिर्ताको माग गर्दै वर्तमान लम्पसारवादी सरकारको लाचार प्रवृत्तिको विरोधमा हामी देशव्यापी अभियानमा छौं।'

प्रकाशित: May 16, 2020| 12:46 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।