बिहीबार, मंसिर १८, २०८२

‘किट अभावले पर्सामा निषेधाज्ञा लम्बिन सक्छ’

समान्य अवस्थामा लकडाउन भइरहेको बेला मंगलबार अचानक २ जना सञ्चारकर्मी सहित ५७ जनामा कोरोना संक्रमण फेला परेसंगै वीरगंजमा असमान्य रुपले जनजीवन प्रभावित बनेको छ।
 |  शुक्रबार, जेठ २, २०७७

जियालाल साह

जियालाल साह

शुक्रबार, जेठ २, २०७७

वीरगंज- समान्य अवस्थामा लकडाउन भइरहेको बेला मंगलबार अचानक २ जना सञ्चारकर्मी सहित ५७ जनामा कोरोना संक्रमण फेला परेसंगै वीरगंजमा असमान्य रुपले जनजीवन प्रभावित बनेको छ।

National life

सरकारले लकडाउनलाई सामान्य रुपमा लैजान ४२ प्रकारका उद्योगहरुलाई सञ्चालन गर्ने निर्णय गरेसँगै वीरगंजका उद्योगी व्यापारीसहित समान्य नागरिकसमेत खुसी भएका थिए।

तर अचानक मंगलबार राती सेना परिचालन गरी निषेधाज्ञा घोषणासँगै स्थानीयहरु समस्यामा परेका छन्। तीन दिनदेखि स्थानीयहरुले दैनिक उपभोग्य बस्तुहरुसमेत किन्न पाएका छैनन्।

निषेधाज्ञाले राहत बन्द

निषेधाज्ञा जारी भएसँगै वीरगंज महानगरपालिकाको सम्पूर्ण वडामा राहतको कार्यक्रम पूर्ण रुपले बन्द भएको छ। महानगरका मेयर विजय सरावगीले सम्पर्कमा आउनेलाई दिनसक्ने भने पनि कुनै पनि वडामा अहिले राहत बाँडिएको छैन। ३ करोड ५० लाख खर्च गरेकाे महानगरले हालसम्म ३४ हजार परिवारलाई राहत वितरण गरेको छ, अहिले निषेधाज्ञाले वितरण गर्न सक्ने अवस्था छैन।

Laxmi sunrise bank
kumari

अचानक निषेधाज्ञा जारी गरेपछि स्थानीयहरुले दैनिक उपभोग्यका बस्तुसमेत जम्मा गर्न नपाएको वीरगंज महानगरको वडा नम्बर १ छपकैयाका कृष्ण ओझा बताउँछन्। ‘

निषेधाज्ञाले फोहोर उठेन

निषेधाज्ञाले वीरगंज महानगरमा २ दिनदेखि फोहोरसमेत उठ्न सकेको छैन। वीरगंज महानगरपालिकाको सम्पूर्ण वडामा जथाभाबी फोहरमैलाले थप संक्रमण फैल्न सक्ने अवस्थालाई बुझ्दै मेयर सरावगीले जिल्ला प्रशासन कार्यालय, नेपाली सेना लगायतसँग समन्वय गरी फोहोर उठाउने तयारी भएको उनले बताए।

गोली हान्ने अधिकार

बुधबार आइसोलेसन वार्डमा भर्ना भएका बिरामीमध्ये २ जना फरार भएसँगै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाका बेला स्थानीय ऐन अन्तर्गत गोली हान्न सक्ने व्यवस्थालाई अनुमति दिएको विपद् व्यवस्थापन समितिका एक अधिकारीले बताए। कोरोना संक्रमित मात्र नभई निषेधाज्ञा तोड्ने जो कोहीलाई पनि अवस्था हेरेर गोली प्रहार गर्न सक्ने व्यवस्था रहेको उनले बताए।

किटको अभाव

वीरगंजमा संक्रमित अझै बढ्न सक्ने भएकाले कम्तीमा १०/१५ हजार व्यक्तिको कोरोना परीक्षण नभएसम्म निषेधाज्ञा खोल्न नसकिने मेयर विजय सरावगीको भनाइ छ।

उनले भने, ‘५ हजार किटको माग गरेका थियौँ तर संक्रमित छपकैयाको वडा नम्बर २ र ३ मा मात्रै सिमित नरही टोल टोल र जिल्लाका अन्य गाउँपालिकामा समेत पुगेकाले कम्तीमा कन्ट्राक्ट टेसिङ गरिएका व्यक्तिहरुको परिक्षण गर्न १०/१५ हजार किट अहिले नै चाहिन्छ।’

किट अभाव हुँदा परीक्षण गर्न नसकिएकाले किट नआउनेबेलासम्म निषेधाज्ञा जारी रहने उनले बताए।

 

प्रकाशित: May 15, 2020| 19:18 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।