आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारी स्कुललाई गुणस्तरीय शिक्षण केन्द्र बनाउन १० वर्षे अभियान

सरकारी स्कुललाई गुणस्तरीय शिक्षण केन्द्र बनाउन १० वर्षे अभियान

नीति तथा कार्यक्रममा बालबालिकालाई विद्यालय ल्याऔं र पढाइमा टिकाऔं कार्यक्रमलाई प्रभावकारी बनाइने उल्लेख छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं - सरकारले विद्यालयबाहिर रहेका २ लाख ७० हजार बालबालिकालाई स्कुल भर्ना गरिने नीति तय गरेको छ।

सरकारद्वारा शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा बालबालिकालाई विद्यालय ल्याऔं र पढाइमा टिकाऔं कार्यक्रमलाई प्रभावकारी बनाइने उल्लेख छ।

यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत शिक्षण संस्थाको भौतिक सुधार र सिकाइ कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ। सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षण केन्द्र बनाइन १० वर्षे अभियान चलाइनेछ

विज्ञान शिक्षालाई विशेष जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। ६०७ स्थानीय तहमा प्राविधिक शिक्षाको व्यवस्था गरी सबै विद्यालयलाई तीन वर्षभित्र पूर्वाधारले सम्पन्न बनाइने भएको छ।

स्थानीय तहमा प्रारम्भिक बालविकास केन्द्र, अनलाइन शिक्षालाई जोड दिइनेछ। विद्यालय र क्याम्पसलाई सूचना प्रविधिले युक्त बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: May 15, 2020| 17:20 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।