आइतबार, भदौ ७, २०८३

बाँकेका संक्रमित आठै जना भारतबाट आएका 

बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना संक्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना संक्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ।

जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न सहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टिनमा राखेको थियो।

गत बुधबार जिल्ला स्वास्थ्य कार्यालय नेपालगन्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शंकास्पद ४५ जनाको स्वाब नमूना संकलन गरी भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार संक्रमित सबै भारतबाट आएका हुन्। उनीहरुको यसअघि नेपालगन्जमा भेटिएका संक्रमितसँग सम्पर्क नरहेको पाइएको छ। संक्रमितलाई उपचारका लागि नेपालगन्ज ल्याउने तयारी भएको छ।

हाल नरैनापुरमा ४४१ जना क्वारेन्टाइनमा छन्। सबै भारतबाट आएका हुन्।

पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । नरैनापुरमा एकै पटक आठ जनामा कोरोना पुष्टि भएकाले अझै सजगता आवश्यक देखिएको श्रेष्ठले बताए।

नरैनापुर गाउँपालिकामा पछिल्लो तीन दिनमा मात्रै ४०७ जना भारतबाट भित्रिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। उनका अनुसार भारतका विभिन्न सहरमा मजदूरी गर्न गएका स्थानीयवासीलाई गाउँपालिकाले सीमाबाट उद्धार गरेर १० क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा आएर बसेकाहरुको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन भइरहेको छ ।

प्रकाशित: May 15, 2020| 12:30 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।