बिहीबार, मंसिर १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • वीरगञ्जमा सञ्चारकर्मीसहित ११० जनाको स्वाब संकलन, बाँकीका लागि किट पुगेन

वीरगञ्जमा सञ्चारकर्मीसहित ११० जनाको स्वाब संकलन, बाँकीका लागि किट पुगेन

वीरगञ्जका दुई पत्रकारमा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जोखिममा रहेका स्थानीय सञ्चारकर्मी, स्वास्थ्यकर्मीसहित ११० जनाको स्वाब संकलन गरिएको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

जियालाल साह

जियालाल साह

बुधबार, वैशाख ३१, २०७७

वीरगञ्ज- वीरगञ्जका दुई पत्रकारमा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जोखिममा रहेका स्थानीय सञ्चारकर्मी, स्वास्थ्यकर्मीसहित ११० जनाको स्वाब संकलन गरिएको छ।

National life

बुधबार विहान १० बजेदेखि नारायणी अस्पतालको प्रसुति गृह भवन अगाडि अस्पतालका चिकित्सक तथा प्राविधिकले पीसीआर परीक्षणका लागि स्वाबको नमूना लिएका हुन्।

नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहका अनुसार जोखिममा रहेका सञ्चारकर्मी, छिपहरमाई नगरपालिका, छपकैया लगायतमा डिसईन्फेक्टेन्ट छर्केका अग्नी नियन्त्रक र पर्साका एक सांसदका स्वकीय सचिव लगायत ११० जनाको स्वाब संकलन गरिएको छ ।

यता किट अभावमा मंलगबार संक्रमण पुष्टि भएका ५७ जना संक्रमितहरुको पुनः स्वब संकलन भने गरिएको छैन । चिकित्सकका अनुसार संक्रमणको पुष्टि भएको ४८ घण्टाभित्र फेरि स्वाब संकलन गरी परीक्षण गर्नुपर्ने भए पनि सञ्चारकर्मी लगायत अन्यबाट संक्रमण फैलने जोखिम कम गर्न अरुको स्वाब संंकलन गरिएको हो ।

मंगलबार संक्रमण पुष्टि भएकाहरुको परीक्षणका लागि नेपाली सेनाले आजै साझसम्म एक हजार किट उपलब्ध गराउने वाचा गरेकाले आत्तिनुपर्ने अवस्था नरहेको अस्पतालका प्राविधिकले बताएका छन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: May 13, 2020| 15:40 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।