सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ : सीमावर्ती जिल्ला कोरोना संक्रमणकाे उच्च जोखिममा

प्रदेश ५ : सीमावर्ती जिल्ला कोरोना संक्रमणकाे उच्च जोखिममा

यी जिल्लासँग जोडिएको खुला सिमानाबाट लुकिछिपी प्रवेश गरेकाहरुले नै कोरोनाको संक्रमण बढाएको देखिएको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

भैरहवा- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सोमबार बिहानै कपिलवस्तुको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० मा गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्ति निकाले।

National life

बिहान साढे ८ बजे प्रकाशित विज्ञप्तिले क्षणभरमै देशव्यापी प्रमुख समाचारको विषय बन्यो। योसँगै कपिलवस्तुमा संक्रमितको संख्या १५ पुगेपछि जिल्लामा त्रास बेढेको छ। यसै साता मायादेवी गाउँपालिकामा ५ जनामा कोरोना पुष्टि भएको थियो।

यशोधरा गाउँपालिकाको अनिरुद्ध मावि बदौलीको क्वारेन्टिनमा बसेकामध्ये ८ जनामा र बुद्धभूमि नगरपालिकाको महेन्द्र मावि गोरुसिंगेको क्वारेन्टिनमा रहेका २ जनाको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो। कोरोना पोजेटिभ देखिएका सबैजना भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेको बुझिएको छ।

प्रदेश ५ का रुपन्देही, कपिलवस्तु र बाँके भारतसँग सीमा जोडिएका छन्। यी जिल्लासँग जोडिएको खुला सिमानाबाट लुकिछिपी प्रवेश गरेकाहरुले नै कोरोनाको संक्रमण बढाएको देखिएको छ।

सीमावर्ती क्षेत्रमा नेपाल सरकारले सशस्त्र प्रहरी बलको सुरक्षा तैनाथ बढाएको छ। तर पनि मान्छेहरु लुकिछिपी आइरहेका छन्।
यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेशकुमार पाण्डेले भने, ‘जसरी पनि मान्छेहरु आउँछन् भने किन छेक्ने? बरु मूलबाटो आउन दिए भइहाल्यो नि।’

kumari

उक्त गाउँपालिकाका ८ जनामा कोरोना पोजिटिभ देखिएको छ। अध्यक्ष पाण्डेका अनुसार अनिरुद्ध माविको ६२ जनाको स्वाब परीक्षण गरिएकोमा ८ जनामा कोरोना पुष्टि भएको हो। उक्त क्वारेन्टिनमा बसेकाहरु सबै भारतबाट लुकिछिपी नेपाल आएका हुन्। उनीहरु दस दिनदेखि उक्त क्वारेन्टिनमा थिए।

यसैगरी बुद्धभूमि नगरपालिमा २ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ मा रुपन्देहीमा एकजना, बाँकेमा २४ जना, कपिलवस्तुमा १५ जना गरी ४० जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले बताए। उनले भने, ‘प्रदेशमा ४० जनामा देखियो। हामीले पोजिटिभ देखिएकाहरुको स्वाब परीक्षण गर्ने तथा कन्टयाक्ट ट्रेसिङ कार्य अगाडि बढाएका छौं।

कपिलवस्तुमा सुरक्षा व्यवस्थामा कडाइ गरेको बताइए पनि प्रभावकारी देखिएको छैन। मर्यादपुर भील्मी, कृष्णनगर, हरदौना, कोटरिया, चाकरचौडा, हथिहवा, विजयनगरको सीमापारि अहिले पनि दुई हजार हाराहारीमा नेपाली स्वदेश फर्किने बाटो कुरेर बसिरहेका छन्। कतिपय भने नेपाली सुरक्षाकर्मीको आँखा छल्दै नेपाल प्रवेश गरिरहेका छन्।

भारतका विभिन्न सहरमा अलपत्र नेपालीलाई त्यहींकै क्वारेन्टिनमा बस्नुपर्नेमा बस रिजर्भ गरेर सीमासम्म आएपछि अलपत्र परेका छन्।
यसै हप्तादेखि रेलसेवा सञ्चालन भएपछि भारतमा रहेका नेपाली धमाधम आउन थालेका छन्।

कपिलवस्तुमा कोरोना नियन्त्रणमा कोही पनि गम्भीर नदेखिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य वसन्त गिरीले बताए। उनले भने, ‘यहाँ गम्भीर रुपले स्वाबको परीक्षण नै भएको छैन। यही तालले हो भने यो थेगिनसक्नु हुने देखिन्छ।’

कपिलवस्तुको स्थलगत रिपोर्टिङमा खटिएका गिरीले भने, ‘सीमामा सुरक्षा कमजोर छ। स्थानीय प्रशासन र तह जिम्मेवार देखिएका छैनन्।
उनका अनुसार रिक्सा चढेर मान्छेहरु सीमापारिबाट आइरहेका छन्। कन्टयाक्ट ट्रेसिङ छैन । क्वारेन्टिन व्यवस्थित छैनन्। उनले कपिलवस्तुलाई तत्काल सिल गर्नुपर्ने बताए।

प्रकाशित: May 11, 2020| 13:41 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।