बिहीबार, मंसिर १८, २०८२

वीरगन्ज : संक्रमित व्यक्ति जमातीबाट फर्किएका थिए

वीरगन्ज महानगरपालिका- ३ मा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएका ३६ वर्षीय पुरुष दुई महिनाअघि राजविराजमा भएको जमातीमा सहभागी भएर फर्किएको पाइएको छ।
 |  बुधबार, वैशाख २४, २०७७

जियालाल साह

जियालाल साह

बुधबार, वैशाख २४, २०७७

वीरगन्ज- वीरगन्ज महानगरपालिका- ३ मा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएका ३६ वर्षीय पुरुष दुई महिनाअघि राजविराजमा भएको जमातीमा सहभागी भएर फर्किएको पाइएको छ।

National life

उक्त जमातीमा वीरगन्जको छपकैयाबाट ४ सय मुस्लिम सहभागी थिए। बुधबार संक्रमित १७ जना उनकै परिवारका सदस्य र आफन्त हुन्।

ती व्यक्तिले चिकित्सकसँग आफू सामान्य अवस्थामै फर्किएको बताएका छन्। उनी नेकपाको राजनीतिक गतिविधिमा संलग्न भएकाले यसबीचमा  धेरै ठाउँ डुलिसकेका छन्। उनको परिवारका बुवा ६५ वर्षका र सबैभन्दा सानो २ महिने शिशु पनि संक्रमित देखिएका छन्।

संक्रमित धेरै ठाउँमा गएकाले अब स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गर्नैपर्ने चिकित्सक बताउँछन्।  तर सरकारले दिएको ५०/६० वटा किटले मात्र सम्भव नहुने नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताए। 

संक्रमित व्यक्ति समाजमा सक्रिय रहकाले उनको ट्रेसिङकाे पछाडि लाग्न गाह्रो भएकाे उपाध्यायको भनाइ छ। उनले एकैपटक ५० जनाको स्वाबबाट पुल ट्रेसिङ गरे मात्रै बिरामी पता लगाउन सकिने बताए।  उपाध्यायका अनुसार धेरै व्यक्तिको स्वाब लिएर एकैपटक परीक्षण गर्ने र पोजेटिभ भए एकएक जनाको पुनः परीक्षण गर्ने पद्धति पुल ट्रेसिङ हो।

Laxmi sunrise bank
kumari

आज पुष्टि भएका १७ जनासँग नारायणी अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या २८ पुगेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्।

चिकित्सकको गुनासो : प्रहरीबाट दुर्व्यवहार भयाे

कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकले आफूहरुलाई प्रहरीले दुःख दिएको गुनासो गरेका छन्। चिकित्सकको कार्ड र मोटरसाइकलमा चिकित्सक लेखेर टाँस्दासमेत दुःख दिने गरेको चिकित्सकहरुले आजै पत्रकार सम्मेलन गरेरै जानकारी गराएका हुन्।

यस्तै कोरोना संक्रमित फेला परेको विषय सञ्चारमाध्यमबाट पहिल्यै सार्वजनिक गर्दा उनीहरुलाई अस्पतालमा ल्याउन कठिन भएको चिकित्सकले बताएका छन्। त्यसैले कम्तीमा संक्रमितलाई सुरक्षित रुपमा अस्पताल ल्याउन दुई घण्टासम्म संक्रमण पुष्टि भएको सार्वजनिक नगर्न उनीरूले माग गरेका छन्।

 

प्रकाशित: May 06, 2020| 20:40 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।