शनिबार, वैशाख २७, २०८२

अभावै–अभावमा कोरोनासँग लड्दै वीरगञ्ज

 |  सोमबार, वैशाख १५, २०७७
nespernesper

जियालाल साह

जियालाल साह

सोमबार, वैशाख १५, २०७७

vianetvianet

गएको चैत २८ गते वीरगञ्ज महानगरपालिका–२ छपकैयामा तीनजनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि यहाँको वातावरणमा एक किसिमको त्रास छ।

triton college

भारतसँगको खुला सिमाना भएकाले जोखिम हुनु स्वाभाविक पनि हो। यद्यपि, नाकामा कडाइ गरिएको छ।  कोरोना संक्रमित देखिएसँगै लकडाउनमा पनि कडाइ गरिएको छ। 

कोरोना संक्रमण नरोकिएको वीरगञ्जमा स्रोतसाधन र त्यसको व्यवस्थापनमा भने चुस्तता देखिएको छैन। कोरोना विशेष अस्पताल घोषणा गरिएको नारायणी अस्पतालमा कोरोना परीक्षण गर्ने मेसिनसमेत जडान हुन सकेको छैन। न त सिटीस्क्यानको सुविधा र पर्याप्त भेन्टिलेटर नै छ। पीसीआर परीक्षणका लागि हेटौंडा पठाउनुपर्छ।

अभावै–अभावमा नारायणी अस्पताल कोरोनासँग लडिरहेको डा. निरज सिंह बताउँछन् । नारायणी अस्पताललाई सरकारले कोभिड अस्पताल घोषणा गरेपछि यहाँ आउने अन्य बिरामी समस्यामा परेका छन्।

प्रदेश सरकार र केन्द्र सरकारको निर्णायक क्षमता कमजोर भएकाले वीरगञ्ज महानगरपालिका चुकेको मेयर विजय सरावगी आफैँ स्वीकार्छन्।

National life insurance

आइतबारमात्रै रौतहटका एक १४ वर्षीय बालक र वीरगञ्जका तीनजना डिस्चार्ज भएसँगै थप २ जना कोरोना संक्रमित थपिएका छन्। दुवैजना यसअघि संक्रमण पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीको सम्पर्कमा रहेका व्यक्ति हुन्।

संक्रमित दुई जना महानगर कार्यालयका सफाइ कर्मचारी वीरगन्ज–३ छपकैया बस्ने ४९ वर्षीय पुरुष र वीरगन्ज–२ बस्ने ५५ वर्षीय पुरुष हुन्। दुवैजनालाई उपचारका लागि वीरगन्ज अस्पतालमा भर्ना गरिएको छ।

नयाँ संक्रमण देखिएपछि वीरगञ्जमा लकडाउन कार्यान्वयनका लागि प्रशासनले कडाइ गरेको छ।

 

प्रकाशित: Apr 27, 2020| 11:40 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।