बिहीबार, मंसिर १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • वीरगञ्ज: नारायणी अस्पतालमा रहेका चारजना कोरोना मुक्त

वीरगञ्ज: नारायणी अस्पतालमा रहेका चारजना कोरोना मुक्त

कोरोना संक्रमण देखिएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत् चारजनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
 |  शनिबार, वैशाख १३, २०७७

जियालाल साह

जियालाल साह

शनिबार, वैशाख १३, २०७७

वीरगञ्ज- कोरोना संक्रमण देखिएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत् चारजनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आइतबार डिस्चार्ज हुने नारायणी अस्पतालले जनाएको छ।

National life

उनीहरुको हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा शुक्रबार र शनिबार संक्रमण रहे-नरहेको परीक्षण गरिएको थियो ।

अस्पतालका अनुसार ३७, ४४ र ५५ वर्षीय भारतीय नागरिक तथा १९ वर्षीय रौतहटका एक युवाको रिपोर्ट नेगेटिभ आएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट मदन उपाध्यायले वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय बालकको रिपोर्ट भने पाजेटिभ नै आएको जानकारी दिए।

२४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए ।

Laxmi sunrise bank
kumari

उनका अनुसार वीरगञ्जमा कोरोनाको उपचाररत् पाँचजनाको स्वाब कोरोना नेगेटिभ देखिएको अस्पतालमा भर्ना भएका चारैजना भारतबाट आएका थिए।

यीमध्ये तीनजना भारतीय वीरगञ्जस्थित एक मस्जिदमा बसेका मुस्लिम धर्म प्रचारक हुन् । रौतहटका १९ वर्षीय युवक लकडाउन घोषणा भएसँगै भारतबाट फर्किएका थिए।

प्रकाशित: Apr 25, 2020| 21:17 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।