शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा मृत्यु हुनेकाे संख्या ३९ हजार, लकडाउन खोल्न माग गर्दै ठाउँठाउँमा प्रदर्शन

अमेरिकामा मृत्यु हुनेकाे संख्या ३९ हजार, लकडाउन खोल्न माग गर्दै ठाउँठाउँमा प्रदर्शन

महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या ३९ हजार नाघेको छ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

जेनेभा– महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या ३९ हजार नाघेको छ।

National life

जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरणअनुसार आइतबार मध्याह्नसम्ममा अमेरिकामा ३९ हजार १५ जनाको मृत्यु भएको छ भने ७ लाख ३९ हजारभन्दा बढी संक्रमित भएका छन्।

अमेरिकाका सबैजसो राज्यमा लकडाउन र सामाजिक दूरीका कडा नियम लागू गरिए पनि संक्रमितको संख्यामा अझै कमी आएको छैन । देशका कतिपय राज्य र सहरमा मानिसहरु लकडाउन हटाउन माग गर्दै प्रदर्शनमा समेत उत्रिएका छन्।

मानिसहरु सडकमा उत्रिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पुनः खुला गर्न विभिन्न निर्देशिका राज्यका गभर्नरलाई सुझाए पनि लकडाउन खोल्ने बारेमा स्पष्ट भइसकेको छैन।

अमेरिकामा सबैभन्दा बढी प्रभावित न्युयोर्क सहरमा नर्सिङ होममा आश्रित ज्येष्ठ नागरिकको ठूलो संख्यामा मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

क्लालिफोर्निया सहरमा राज्य सरकारले कोरोना संक्रमित तर हाल घरबारविहीन व्यक्तिका लागि १५ हजार होटल कक्षको व्यवस्था गरिएको गभर्नर ग्याभिव न्युसमले बताए।

इन्डियाना पोलिसमा गभर्नर एरिक होल्कोम्बको सरकारी आवासबाहिर २०० भन्दा बढी व्यक्ति भेला भएर लकडाउन खोल्न माग गर्दै प्रदर्शन गरेका छन्। यस्तै टेक्सास राज्यको अस्टिनमा पनि घरभित्र बस्न दिइएको आदेशको विरोधमा प्रदर्शन भएका छन्।

कोरोनाभाइरसका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटलीमा रहेको छ। पछिल्लो विवरणअनुसार इटलीमा २३ हजार २२७ जनाको मृत्यु भएको छ भने तेस्रो स्थानमा रहेको स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ६३९ जना रहेको छ। -एपी

याे पनि पढ्नुस् : काेराेनाबाट अमेरिकामा १० नेपालीकाे मृत्यु

प्रकाशित: Apr 19, 2020| 13:27 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।