शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डले भने- कांग्रेसको मूर्खताका कारण कम्युनिस्ट हिरो

प्रचण्डले भने- कांग्रेसको मूर्खताका कारण कम्युनिस्ट हिरो

प्रचण्डले भने, “हामीले कांग्रेसलाई पनि साथ लिन खोज्यौं तर आन्दोलनको मूल नेतृत्व कम्युनिस्टले लिनुपर्छ भन्नेमा सतर्क थियौं।"
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे सशस्त्र हिंसालाई सात सालको क्रान्ति र झापा विद्रोहबाट पाठ सिकेर गरिएको सचेत विद्रोह भनेका छन्।

National life

‘जनयुद्ध दिवस’ को अवसरमा नेकपा केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा दाहालले झण्डै ३५ मिनेट खर्चेर नेपाली क्रान्तिको इतिहास, जनआन्दोलन र कम्युनिस्ट आन्दोलनको चर्चा गर्दै ‘जनयुद्ध’ को औचित्य पुष्टि गर्ने प्रयास गरे।

उनले झण्डै ७० वर्षअघि २००७ सालमा कांग्रेसले पनि हतियार उठाएको, २०२८ मा भएको झापा विद्रोहको ‘वर्गशत्रु खतम अभियान’ लगायतको चर्चा गरे। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली पनि झापा विद्रोहमा संंलग्न रहेको चर्चा समेत उनले गरे।

“२००७ सालतिर कांग्रेसले हतियार उठाएको थियो। राज्यविरुद्ध कांग्रेसको नेतृत्वमा हतियार उठ्यो। २०१७ सालपछि पुनः कांग्रेसको नेतृत्वमा हतियार उठ्यो तर त्यो सफल भएन,” प्रचण्डले भने, “पञ्चायती व्यवस्था उग्रचरणमा विकास भइरहेको अवस्थामा कम्युनिस्ट युवाको नेतृत्वमा झापा विद्रोह भयो। त्यो एउटा सशस्त्र संघर्ष नै थियो। कम्युनिस्ट पार्टीको नेतृत्वमा सशस्त्र आन्दोलन नै थियो।”

तत्कालीन आन्दोलनहरुबाट पाठ सिकेरै ‘जनयुद्ध’ सुरु भएको बताउँदै प्रचण्डले भने “०७ साल र २८ सालको क्रान्तिबाट शिक्षा लिएर आन्दोलन भएको छ । १६–१७ हजार मान्छेको मृत्यु हुने गरी भएको त्यो सचेत विद्रोह थियो।”

Laxmi sunrise bank
kumari

‘जनयुद्ध’का क्रममा तत्कालीन नेकपा एमालेसँग कटुता बढेको र पछि सहकार्य र निकै नजिकको सम्बन्ध विकसित भएको बताएका दाहालले वक्तव्यको बिट मार्दै भने, “आन्दोलनमा र क्रान्तिमा जहिले पनि कम्युनिस्टहरु विजयी भएर आए तर, सत्तामा पुगेपछि उनीहरुमा जुन किसिमको वैचारिक स्खलनको प्रक्रिया, सांस्कृतिक स्खलनको प्रक्रिया, त्यागको ठाउँमा स्वार्थ हावी हुँदै जाने प्रक्रिया बढ्यो, काल त्यही भयो‘।” उनले आफू भने सिद्धान्तनिष्ठ भएको दाबी गरे ।

‘जनयुद्धलाई’ विकास गर्दै जाने क्रममा कम्युनिस्ट नेतृत्वमा भएका सम्पूर्ण विद्रोहलाई जोड्ने निर्णय आफ्नै नेतृत्वमा भएको सुनाउँदै उनले थपे, “झापा विद्रोह र सुखानीका सहिदलाई माओवादीले जोड्ने भनेको थियो। त्यो जोडिएपछि हामीले सहिद सप्ताह मनाउने काम गर्यौं।”

नेपाली कांग्रेसप्रति आक्रमक हुँदै प्रचण्डले भने, “हामीले कांग्रेसलाई पनि साथ लिन खोज्यौं तर आन्दोलनको मूल नेतृत्व कम्युनिस्टले लिनुपर्छ भन्नेमा सतर्क थियौं। राजतन्त्रविरुद्धको आन्दोलनमा हामीले नेतृत्व लियौं। कांग्रेसले आफूलाई नेताको रुपमा प्रस्तुत गर्न सकेन। कांग्रेस सम्झौतावादी, यथास्थितिवादी, बाध्य भएपछि मात्र अलिअलि अगाडि सर्ने।”

उनले नेपाली कांंग्रेसकै ‘मूर्खता’ का कारण पनि कम्युनिस्टलाई सफल हुन बल पुगेको र त्यसै कारण दुईतिहाई बहुमत सम्भव भएको समेत दाबी गरे।

प्रचण्डले तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको पनि बताए। उनले भने, "माओवादी आन्दोलनको अवतरण सही समयमा गराइएको हो, नगराइएको भए समाप्त हुने थियो।"

अहिले कतिपयले जनयुद्धको नक्कल गर्न खोजेको भन्दै प्रचण्डले उनीहरु सफल नहुने पनि बताएका थिए।

प्रकाशित: Feb 13, 2020| 11:56 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।