जनकपुरधाम- जनकपुरमा प्रहरीले लकडाउन तोडेर घरबाहिर निस्किने ब्यक्तिहरुलाई सडकमै उठबस गराउन थालेको छ ।
शुक्रबारबाट लकडाउनमा कडाइ गरेको प्रहरीले अत्याआवाश्यक कामबाहेक घरबाहिर निस्किेको भेटे कारबाही स्वरुप कान समातेर उठबस गराउन थालेको हो ।
पछिल्लो दुईदिन लकडाउन उल्लंघनका घटनाहरु बढ्दा आलोचना हुनथालेपछि प्रहरीले शुक्रबाबाट लकडाउनमा कडाइ गरेको छ ।
लकडाउनमा कडाइ भएपछि बिहान लाग्दै गरेको तरकारी बजारहरु समेत लागेको छैन्। यसैगरी पैदल आवतजावत गर्नेहरुकाा साथै सवारीसाधनहरु पनि गुडेका छैनन्।
हेर्नुहोस् सडकमै उठबस गराएको भिडियो