बुधबार, असार ३१, २०८३

संकटाविरुद्ध जित निकाल्दै मछिन्द्र शीर्ष स्थानमा

मछिन्द्र क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं- मछिन्द्र क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार उसले प्रतिद्वन्द्वी संकटा क्लबलाई ३–१ को गोल अन्तरले पराजित गरेको छ।

खेलको पहिलो हाफमा मछिन्द्रले गोल गर्दै १–० को अग्रता बनाएको थियो। ४१ औँ मिनेटमा देवेन्द्र तामाङको गोलबाट मछिन्द्रले सुरुवाती अग्रता बनाएको थियो। रन्जित धिमालको कर्नर बललाई उनले गोलमा परिणत गरेका थिए।

खेलको ६४ औँ मिनेटमा विशाल लाईले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले टाढाबाट गरेको प्रहारलाई संकटाका किपरले बेवास्ता गरेका थिए। तर, विशालको प्रहार पोस्टको दाँया तर्फबाट भित्र पसेपछि गोलमा बदलिएको थियो।

त्यस्तै, ८२ औं मिनेटमा दीपक राईले सानदार गोल गरे। रन्जित धिमालले दिएको पासलाई राईले गोलमा बदलेका थिए।

उता, खेलको ८९ औं मिनेटमा संकटाका मेसुकेले सान्त्वना गोल फर्काए। मेसुकेको गोलसँगै खेलको अन्तिम नजिता ३–१ भएको थियो।

यो जितसँगै मछिन्द्रले खेलमा थप ३ अंक जोडेर आफ्नो खातामा २८ अंक बनाएको छ। उसले १२ खेलमा ९ मा जित, २ मा बराबरी र एकमा हारका साथ २८ अंक बनाएको हो।

मछिन्द्र क्लब पछिल्लो सिजनमा तालिकाको अन्तिमबाट दोस्रो स्थानमा थियो। रलिगेशन नभएको गतसालको नतिजाका आधारमा उसको एक अंक घटाइएको छ।

खेलमा मछिन्द्रका देवेन्द्र तामाङ म्यन अफ दि म्याच घोषित भए।

प्रकाशित: Feb 10, 2020| 17:42 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।