शनिबार, फागुन ३०, २०८२

१०६ वर्षीया हजुरआमाले जितिन् कोरोना

कोराना भाइरसबाट संक्रमित बेलायतकी १ सय ६ वर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएकी छन्।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

लन्डन : कोराना भाइरसबाट संक्रमित बेलायतकी १ सय ६ वर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएकी छन्। बर्मिंघम सिटी अस्पतालमा तीन साता उपचारपछि वृद्धा कोनी टिच्चेन डिस्चार्ज भएकी हुन्।

National life

'म आफूलाई निकै भाग्यमानी ठान्छु। मैले यो भाइरससँगको युद्ध जितेकी छु', उनको भनाइ उधृत गर्दै अस्पतालले भनेको छ, 'म मेरो परिवारलाई छिट्टै भेट्न चाहन्छु।'

अस्पतालले उनलाई बेलायतमा कोराना भाइरस संक्रमित सबैभन्दा वृद्ध व्यक्ति भनेको छ।

'कोनीलाई निको भएको छ, उनी आफैंले पनि अचम्म मानेकी छन्। हामी उनको स्वास्थ्य अझै राम्रो होस् भन्ने चाहन्छौं। उनलाई निको हुँदा हामीलाई साह्रै खुसी लागेको छ,' उपचारमा खटिएकी नर्स केल्ली स्मिथले भनेकी छन्। 

बेलायतमा थप तीन साता लकडाउन

Laxmi sunrise bank
kumari

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना भाइरस संक्रमण भएको थियो। उनी तीन दिनसम्म आईसीयूमा बसेपछि गत आइतबार लन्डनको थोमस हस्पिटलबाट डिस्चार्ज भएका थिए। प्रधानमन्त्री जोन्सन अहिले आराम गरिरहेका छन्।

 

प्रकाशित: Apr 17, 2020| 11:34 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।