बुधबार, असोज २८, २०८३

‘भिजिट मधेस–२०२० एन्ड बियोन्ड’ अभियान २२ जिल्लामा

प्रदेश नम्बर २ का युवाले सुरु गरेको ‘भिजिट मधेस–२०२० एन्ड बियोन्ड’ अभियान तराई–मधेसका २२ जिल्लामा विस्तार भएको छ ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– प्रदेश नम्बर २ का युवाले सुरु गरेको ‘भिजिट मधेस–२०२० एन्ड बियोन्ड’ अभियान तराई–मधेसका २२ जिल्लामा विस्तार भएको छ। अभियानका राष्ट्रिय संयोजक ओमप्रकाश सराफका अनुसार पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म विभिन्न कार्यक्रम आयोजना गरेर अभियानको प्रवद्र्धन गरिएको छ।

नेपाल आएका विदेशी पर्यटकमध्ये कम्तीमा एक तिहाइलाई मधेस भ्रमण गराउने महत्त्वाकांक्षी लक्ष्य अभियानको छ। सराफ भन्छन्, ‘भिजट मधेस बिना भिजिट नेपाल अपूरो हुन्छ।’

२२ वटै जिल्लालाई जोड्दै पर्यटनमैत्री वातावरण निर्माण गर्ने ‘भिजिट मधेस नेपाल’ अभियान नागरिकस्तरबाट २ वर्षदेखि जारी रहेको आयोजकले जनाएको छ। अभियानका लागि जिल्ला, प्रदेश एवं राष्ट्रियस्तरको टिम स्वयंसेवका रुपमा खटिएको छ। आयोजकका अनुसार अहिलेसम्म १२ वटा देशमा पनि समूह बनाएर युवा यसमा लागेका छन्।

आन्तरिक एवं विदेशी पर्यटकको सुविधाका लागि वेबसाइट र भिजिट मधेस नामक मोबाइल एप पनि विकास गरिएको छ।

प्रकाशित: Feb 11, 2020| 15:29 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।