बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बन्दाबन्दीको समयमा पनि बैंकहरूले राष्ट्र बैंकलाई रिपोर्टिङ गर्नुपर्ने

बन्दाबन्दीको समयमा पनि बैंकहरूले राष्ट्र बैंकलाई रिपोर्टिङ गर्नुपर्ने

समितिलाई अध्ययन गर्न बैंकहरूको विवरण आवश्यक पर्ने भएकोले निरन्तर रिपोर्ट बुझाउन निर्देशन दिइएको प्रवक्ता समेत रहेका संयोजक भट्टले जानकारी दिए।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई बन्दाबन्दीको समयमा पनि रिपोर्टिङलाई यथावत् राख्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले बन्दाबन्दीका कारण केही समयदेखि स्थगित रिपोर्टिङलाई निरन्तरता दिन बुधबार निर्देशन जारी गरेको हो।

राष्ट्र बैंकले अनुसन्धान विभागका निर्देशक डा. गुणकर भट्टको संयोजकत्वमा कोभिड–१९ को प्रभाव मुल्यांकन समिति बनाएको छ।

समितिलाई अध्ययन गर्न बैंकहरूको विवरण आवश्यक पर्ने भएकोले निरन्तर रिपोर्ट बुझाउन निर्देशन दिइएको प्रवक्ता समेत रहेका संयोजक भट्टले जानकारी दिए।

यसअघि १२ चैतमा राष्ट्र बैंकले स्थिति सामान्य भइ कार्यालय खुलेको सात दिनभित्र रिपोर्ट बुझाउन सकिने व्यवस्था गरेको थियो।

 

प्रकाशित: Apr 15, 2020| 19:40 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्